• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



file

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई स्पष्टीकरण सोधेको छ ।

आयोगले श्रेष्ठलाई बेरोजगार युवालाई फ्री–भिसा–फ्री टिकटमा विदेश पठाइदिने भन्दै बारालगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाएको भन्दै स्पष्टीकरण सोधेको हो ।

‘प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमार्फत स्पष्टीकरण पेस गर्नुहुन अनुरोध गरिन्छ’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

यो पनि पढ्नुस्ः नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा थालियो अन्तर्वार्ता