२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा थालियो अन्तर्वार्ता -फोटो फिचर

उम्मेदवारी दिएको क्षेत्रका युवालाई निःशुल्क मलेसिया पठाउन छनोट गराउँदैः नेता श्रेष्ठ

नेकपा एसका नेता श्रेष्ठको चुनावी फण्डाः युवालाई विदेश पठाइदिने प्रलोभनमा थालियो अन्तर्वार्ता -फोटो फिचर
अ अ+ अ-

काठमाडौं। बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आईतवार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरुको भीड छ ।

ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेशनल म्यानपावर रिक्वायरमेन्ट कम्पनिमार्फत बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरुको अन्तर्वार्ता लिन थालेको पाइएको हो । मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनिमा “फ्रि टिकेट, फ्रि भिजा” दिएर पठाउने योजना छ । चुनावलाई केन्द्रित गरेर नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम भएको र युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन थालेको अन्तर्वार्ता दिन आएका युवाहरु बताउँछन् ।

उनीहरुकाअनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तर्वार्ता लिइएको छ । यता नेता श्रेष्ठका प्रतिष्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने काम गरेकोप्रति आपत्ति जनाउनु भयो । बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेता श्रेष्ठले निर्वाचनको मिति घोषणा भइसकेपछि र उम्मेदवारी मनोनयन दर्ता पनि भइसकेको अवस्थामा जनतालाई प्रलोभनमा पार्ने काम गर्नु निर्वाचन आचारसंहीता विपरित भएकाले निर्वाचन आयोगले तत्काल कारबाही अघि बढाउनुपर्ने उहाँको माग छ ।

बारा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार मियाँले चुनावमा आफ्नो भोट बढाउनका लागि नै पूर्व श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहनुभएका श्रेष्ठले जनतालाई प्रलोभनमा पार्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रतिष्पर्धी श्रेष्ठले निर्वाचन क्षेत्रमा मदरसा बनाइदिने, स्वीमिङ पुल र छात्राहरुका लागि छुट्टै विद्यालय बनाइदिने जस्ता प्रलोभन दिएको आरोप लगाउनु भयो । उम्मेदवार मियाँले नेता श्रेष्ठ समग्र देशको मन्त्री हुँदा कुनै काम नगरेको तर चुनाव जित्नका लागि जनतालाई भ्रम छर्ने काम भइरहेको भन्दै जनताले यसको फैसला गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ अब संघीय संसदमा तनहुँबाट जित्नुभएको छ, म बारा क्षेत्र नम्बर ४ बाट हो । हामी अब जनताको अदालतमा पुगेका छौँ । दुवै जनालाई जनताले फैसला गर्ने हो । युवा रोजगार जुन छ, युवालाई लागि रोजगार पठाइदिन्छु भन्नुभयो, ठिक छ, अस्ति कुन म्यानपावरलाई यहाँ ल्याएर त्यो काम गर्नुभयो । मलाई राम्रो लाग्यो । तर यो काम मन्त्री हुँदा गरेको भए धन्यवाद दिन्थेँ । त्यतिबेला एकजनालाई पनि गर्नुभएन । चुनाव घोषणा र मनोनयन दर्ता भइसकेपछि फ्रि भिसामा विदेश पठाइदिन्छु भन्नेकुरा जनतालाई भ्रम छर्दै हुनुहुन्छ । यस्तो गर्नु राम्रो होइन । जनतालाई लोभ्याउने काम भएको छ । मस्जिदमा पनि मदरसा बनाइदिन्छु, लेडिज बच्चालाई पढ्ने ठाउँ बनाइदिन्छु, स्वीमिङ पुलसमेत बनाउँछु भनेर भ्रम फैलाउँदै हिँड्नुभएको छ । आफ्नो तनहुँमा कत्तिको गर्नुभएको छ, त्यो हेर्नुपर्छ ।’

त्यस्तै बारा क्षेत्र नम्बर ४ (ख) का मधेस प्रदेश सभा उम्मेदवार आत्माराम साहले युवाहलाई विदेश पठाइदिन प्रि अन्तर्वार्ता लिने काम भइरहेको भन्दै यो निर्वाचन नियमावली बिरुद्ध भएको बताउनु भयो । उहाँले यो विषयमा निर्वाचन कार्यालयहरुले कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा निर्वाचन नियमावलीको बिरुद्ध छ । कुनैपनि हालतमा यो जायज ठहरिँदैन । कसैलाई प्रलोभन दिनुहुँदैन, भनेर मापदण्ड छ । यसमा निर्वाचन कार्यालयले एक्शन लिएर देश र चुनाव पद्धतिलाई राम्रोसँग सम्पन्न गर्न पहल गर्नुपर्छ ।’

प्रतिष्पर्धी मात्र होइन, युवा र स्थानीय नागरिकहरु उम्मेदवार श्रेष्ठको कदमबाट अक्रोशित छन् । नेता श्रेष्ठले निर्वाचनका लागि को प्रि अन्तरवार्ता थालेको तर बाराका मात्रै युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट भन्दै अन्तर्वाता शुरु गरिएका कारण निर्वाचनमा प्रलोभन देखाउने काम भइरहेको उनीहरु बताउँछन् । नेता श्रेष्ठको क्षेत्रमा आईतवारदेखि वैदेशिक रोजगारीमा पठाउन प्रि अन्तर्वार्तामार्फत छनोट थालिएको थियो । म्यानपावर व्यवसायीसमेत रहनुभएका नेता श्रेष्ठले निर्वाचनलाई लक्षित गरी उम्मेदवारी दिएकै क्षेत्रका युवाहरुलाई निःशुल्क कोटामा मलेसिया पठाउन अन्तर्वार्तामार्फत छनोट गरिने प्रक्रियालाई अगाडी बढाउनुभएको उनीहरुको दाबी छ ।

नेता श्रेष्ठले उम्मेदवारी दिनुभएको क्षेत्रका यूवाहरुलाई निःशुल्क विदेश पठाइदिने सूचना अन्य जिल्लाका युवाहरुसँग पुगेपछि अन्तर्वार्ता स्थलमा घुइँचो लागेको थियो । फ्रि भिसा, फ्रि टिकट भनेकाले आफू नुवाकोटबाट विदेश जाने प्रयोजनमा बारा पुगेको कमलबहादुर अधिकारी बताउनु हुन्छ । काठमाडौंको म्यानपावरले बारा पठाएपछि बारा पुगेपनि बाराका युवाहरुलाई मात्रै सिमित गरेकाले अन्तर्वार्ता हुन नसकेको उहाँको भनाइ छ । त्यस्तै सर्लाहीका कुमार यादव, पञ्कजकुमार सहनीको अवस्था पनि कमलबहादुरको भन्दा फरक छैन । उनीहरु सर्लाहीबाट अन्तर्वार्ताका लागि बारा पुगेको ४ दिन भएपनि अझै अन्तर्वार्ता हुन नसकेको र स्थानीयहरुले बारा जिल्लाका लागि मात्रै विदेश पठाउने कुरा थाहा पाएको उनीहरुको भनाइ छ ।

उनीहरुले भने, ‘एसकेपी कम्पनीले सबै खर्च व्यहोर्छ, इन्टरभ्यूमा जाँदा पहिला बारा जिल्लाको इन्टरभ्यू हुन्छ भन्नुभयो । यसमा कति साथीहरुले सबै जिल्लाको हुनुपर्छ भनेर बिरोध गरेका थियौँ । आफ्नो मान्छेलाई भित्र लगेर १०० जना जतिलाई इन्टरभ्यू गराएको थियो । बिहान ४ बजेदेखि आएको अहिलेसम्म केही छैन, बारा जिल्लाका मान्छेको मात्रै भनिरहेको सुनेका छौँ । बारा जिल्लाका नेताहरुले नै बाराका लागि मात्रै हो बाहिरका जिल्लाको होइन भने । हामीले बुझ्दा बारा जिल्लाको प्रमाणीपुरमा फ्रि इन्टरभ्यू भइरहेको छ भन्ने थियो । त्यहाँबाट सहजै विदेश पठाउन सजिलो हुन्छ भन्नेकुरा भयो । यहाँ इन्टरभ्यू पनि छैन, म्यानपावरले फोन उठाउँदैन । सबै राजनीतिक चलखेल भइरहेको अनुभव गरेका छौँ ।’

निःशुल्क कोटामा विदेश जाने सूचना पाएका करिव ४ सय भन्दा बढी युवा अन्तर्वार्ता दिन आएका थिए । नेकपा (एकिकृत समाजवादी) का स्थानीय नेता कार्यकर्ताहरु निःशुल्क कोटामा विदेश पठाउन गाउँमा पुगेर यूवाहरुलाई सम्पर्क गर्न थालेको स्थानीयहरु बताउँछन् । एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पु-याउन थालेको स्थानीयहरुको भनाइ छ ।