• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

वरुण धवन स्टारर ‘भेडिया’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



एजेन्सी । बलिउड स्टार वरुण धवन र कृति सेनन अभिनित फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । अमर कौशिक निर्देशित यो चलचित्रको ट्रेलरलाई फ्यानहरुले तारिफ गरिरहेका छन् । फिल्ममा वरुण धवन भेडिया (ब्वाँसो) बनेको देख्न सकिन्छ ।

यस डरलाग्दो कमेडी फिल्ममा वरुण धवनले ब्वाँसोको रूपमा मानिसहरूलाई डराउँदै आएका छन् भने कृति सेननले यस फिल्ममा डा अनिकाको भूमिका निर्वाह गरेकी छिन् ।

ट्रेलर घना जंगलबाट सुरु हुन्छ, जसमा डरलाग्दो ब्वाँसो पनि देखाइएको छ, ट्रेलरमा हास्यास्पद संवाद र कमेडी छ । फिल्मको ट्रेलर रिलिज भएसँगै दर्शकको उत्साह निकै बढेको छ । यो फिल्म नोभेम्बर २५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।