८ भाद्र २०८३, सोमबार
,
Latest
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर होइन, निष्ठा र जिम्मेवारीको पुस्तान्तरण हो हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीका लागि सबै किसिमले योग्य छुः प्रकाशमान सिंह(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताउनुभएको छ ।

आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताउनुभएको हो । नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताउनु भयो ।

उहाँले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताउनु भयो । नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्नेकुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीको लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको बताउनु भयो । उहाँले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म शुरुवाती चरणदेखि पार्टी प्रतिवन्धित हुँदादेखि अधिकार प्राप्त गर्नको लागि जनआन्दोलन, सत्याग्रह, सबैमा होमिएको, जेल जीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालीसकेको, नेविसंघदेखि लिएर नेपाली काँग्रेसको काठमाडौं जिल्ला पटकपटक नेतृत्व सभापति भएर काम गरिसकेको छु ।’

‘संगठनलाई राम्रोसँग मैले बुझेको छु । केन्द्रिय सदस्य विभिन्न पदमा बसेर काम गरेको छु । दोस्रो संविधान सभामा संविधान जारी गर्दा उपप्रधानमन्त्री थिएँ । त्यसबेला नेपाली काँग्रेसको उपनेता पनि थिएँ । यस पटक नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनपछि संसदीय दलको नेताको लागि मैले प्रतिष्पर्धा गरेको व्यक्ति हुँ । म केको लागि फिट छु भन्नेकुरा म बोल्नु भन्दा पनि मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउनसक्छु भन्ने आत्मविश्वास छ ।’

‘मौका पायो भने म गरेर देखाउँछु । मसँग अनुभव छ, त्यसैले मनदेखि नै देखेको छु, भोगेको छु, मौका पाए गर्न नसक्ने कुरा होइन । पहिला सांसद बन्नुप¥यो, त्यसपछि नेपाली काँग्रेसको संसदीय बोर्ड इलेक्ट भएकाहरु बीचमा चुनाव हुनुप¥यो । त्यसमा ब्रेक गर्नसक्ने क्राइट एरिया सबै पुगिसकेको छ । हेरौँ सिच्वेशन के हुन्छ ।’

नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूबिरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरुको कामका लागि आफू नै योग्य रहेको बताउनु भयो । उहाँले स्वतन्त्र उम्मेदवारहरु अहिले परीक्षणको क्रममा रहेकाले सबैले एकअर्काको गलत प्रचारप्रसार नगरी आफ्ना एजेण्डाहरुलाई जनताबीचमा लैजानुपर्ने आवश्यक्ता भएको बताउनु भयो । उहाँले बहुलवादमा आधारित संसदीय शासन प्रणाली भएकाले सबैले आफ्नो स्वतन्त्र अधिकारलाई प्रयोग गर्न पाउने उल्लेख गर्दै शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बहुलवादमा आधारित संसदीय शासन प्रणाली हो । हरेक ५ वर्षमा हुने यो निर्वाचन नयाँ विचार कसैले दिनसकेको छैन । अहिले उम्मेदवार हुन आउनुभएका सबैलाई मेरो फ्रि कम्पिटिशनमा अवसर छ । हामीले गालीगलौजमा उत्रिने, हुँदै नभएको कुरा भन्ने भन्दापनि शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्नुपर्छ । मुख्य जज भनेको मतदाता हुन् ।’

‘सबैले आफ्नो नीति कार्यक्रम ल्याएर भोट ल्याउने हो । काठमाडौं १ भनेको नेपालको भाग्य रेखा कता लैजाने भन्ने सबैको चासो छ । त्यसैले पनि नयाँ उम्मेदवारहरु पनि काठमाडौं १ लाई नै मन पराउँछन् । मसँग आम जनताको साइनो जोडिएको छ । मलाई सबैले चिनेको छ, मेरो यसमा प्लस प्वाइन्ट छ । अरु त परीक्षणमा छन् । भएको दल भत्काएर अर्को दलमा लागेर आएका छन् ।’

नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति इंगित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएको दललाई फुटाइ अर्को दलमा मिलेकाहरु पनि रहेको उल्लेख गर्दै जनताको साथ आफूलाई रहेकाले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनु भयो ।