२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालबाट गायब भए भिटेन, युट्युबबाट हटाए सबै गीत



अ+ अ-

काठमाडौं । र्‍यापर समिर घिसिङ आका भिटेन सामाजिक सञ्जालबाट एक्कासि गायब भएका छन् ।

भिटेनले मंगलबार रातिदेखि आफ्नो आधिकारिक युट्युब च्यानल ‘भिटेन म्युजिक’बाट एउटा बाहेक सबै गीत हटाएका छन् । उनले १३ दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक अरु सबै गीतहरु युट्युबबाट हटाइएका छन् ।

यति मात्र होइन, भिटेनले इन्स्टाग्रामबाट पनि दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय गरेका छन् ।

गत साता मात्रै जापान भएको कन्सर्टमा भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तितमा रहेका छन् । साथै उनले एक इन्स्टाग्राम लाइभमा गरेका रोईकराई र पागलपनलाई लिएर समेत थप चिन्ता बढेको थियो ।

सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न सुझाएका थिए । फेरी फ्यानलाई चिन्ता थप्ने गरी भिटेन सामाजिक सञ्जालबाट गायब भएका छन् ।

भिटेनको मस्तिष्कमा के कुरा चलिरहेको छ भन्ने कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन । तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन । मुडी स्वभावका भिटेनको यस्तो हर्कतले फ्यानलाई थप चिन्तित बनाएको छ ।




भर्खरै