१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा
अ अ+ अ-

पोखरा । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो ।

आर्मी आठौँ संस्करणको राष्ट्रिय खेलकुदमा फुटबलको च्याम्पियनसमेत हो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा दोस्रो हाफममा आर्मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

वैकल्पिक खेलाडी सुदील राईले खेलको ५८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो । खेलको २४औँ मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गर्नुभएका राईले उत्कृष्ट गोल गरेपछि आर्मी स्वर्ण पदक नजिक पुगेको हो । आर्मीले खेलको सुरुआतदेखि गण्डकीलाई दबाबमा राखे पनि पाएको अवसरको उचित सदुपयोग गर्न सकेको थिएन । आर्मीका गोलका केही अवसर खेर गएका थिए ।

जारी प्रतियोगितामा आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनलका लागि सुदुरपश्चिम प्रदेश र समूह ‘बी’ विजेता एपिएफ क्लबका बीच खेल हुँदैछ ।

पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेश प्रदेश र एपीएफ रहेका छन् । त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ ।