७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दल धादिङका उपसभापति राधे भण्डारी पक्राउ



file
अ+ अ-

काठमाडौँ । तरुण दल धादिङका उपसभापति राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ धादिङबेँसीबाट पक्राउ परेका छन् ।

गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राधे समूहले मंगलबार दिउँसो धादिङ्बेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो । धादिङबेँसी सिरानबजारका बासिन्दा रहेका घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । उनी पनि कांग्रेस समर्थक हुन् । राधेले गुरुङमाथि किन तरबार प्रहार गरे भन्नेबारे खुल्नमा आएको छैन ।

प्रहरीले यसअघि पनि राधेलाई नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटक–पटक पक्राउ गरेको थियो ।