• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर ★   कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखायो एमाले

काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने



काठमाडौँ । नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहनु भएका काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘केन्द्रिय निर्वाचन परिचालन समिति छ । त्यहीँ समितिको बैठक बसेको हो । त्यो बैठकमा करिव २१ जनाले आ–आफ्ना सुझावहरु दिनु भयो । त्यही सुझावको आधारमा काम गर्छौं । खासगरी ७ वटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ । त्यसपछि परिचालनका लागि मेनेफेष्टको कुरा छ । त्यसपछि विभिन्न निर्वाचन क्षेत्र भित्र कसरी काम गर्ने भन्ने छ । त्यस्तै नेपाली काँग्रेस अहिले गठबन्धनमा छ ।

गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं । त्यसले गर्दा समानुपातिकमा भोट घटन सक्छ । त्यसलाई कसरी म्यानेज गर्ने ? यी सब कुराहरुमा छलफल गरियो । अव जति पनि सुझावहरु आएका छन । ती सबै सुझावहरुलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं ।’

पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठ नेतृत्वमा काँग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।