१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप

नवौँ राष्ट्रिय खेलकुद: आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

नवौँ राष्ट्रिय खेलकुद: आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो
अ अ+ अ-

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण र सात रजत, एपिएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कास्य, प्रदेश नं १ ले एक स्वर्ण, एक रजत र एक कास्य, लुम्बिनीले तीन रजत र पाँच कास्य, कर्णालीले एक रजत र एक कास्य तथा नेपाल पुलिस क्लबले दुई कास्य पदक प्राप्त गरेको छ ।

केहीबेर अघि सम्पन्न महिला एकल स्पाइरिङतर्फको । ९५१–५५० किलो तौल समूहतर्फ प्रदेश नं १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकी प्रदेशकी सुशिला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै महिला एकल स्पाइरिङतर्फ नै ९४०–४५० किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन् ।

यसैगरी आजै सम्पन्न पुरुष एकल स्पाइरिङतर्फ ९६१–६५० किलो तौल समूहतर्फ एपिएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश नं १ का नितेश खवासले कास्य पदक प्राप्त गरेका छन् ।

यसअघि पुरुष एकल स्पाइरिङतर्फ ९४६–५०० किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ ९५१–५५० किलो तौल समूहमा बागमतीका रिक्सान वाइवाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपिएफ क्लबका सुनिल महतोले कास्य प्राप्त गरेका थिए ।

यसैगरी पुरुष एकल स्पाइरिङतर्फ ९५६–६०० किलो तौल समूहमा बागमतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रविण बुढाले रजत तथा एफिएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कास्य पदक पाएका थिए । महिला एकल स्पाइरिङतर्फ ९४६–५०० किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश नं १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक प्राप्त गरेका छन् ।

नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिबारदेखि बागलुङमा सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् । रासस