• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   मासिक ८२ हजारको जागिर छाडेर गुल्मीमा घाँसखेती गर्दै गोपाल ★   नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण: प्रधानमन्त्री ★   सहकारी प्रकरणको छानबिन सुरु, आज नियामक निकायसँग छलफल ★   औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह ★   सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत प्रगति ★   भारतीय फुटबल महासंघले प्रशिक्षक इगोरलाई बर्खास्त गर्यो ★   लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा ★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी

गठबन्धनलाई जिताउन देउवा–प्रचण्ड–माधवको संयुक्त अपिल, जनमोर्चा र लोसपाले गरेनन् हस्ताक्षर (पूर्णपाठ)



काठमाडौं । सत्तारुढ गठबन्धनले संयुक्त अपिलमार्फत् भोट मागेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेर भोट मागेका हुन् । पाचँ दलिय गठबन्धनमा आबद्धरहेका राष्ट्रिय जनमोर्चा र लोसपाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छैनन् ।

अपिलमा भनिएको छ, ‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यकता छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।’