२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा पालिकास्तरीय टि–२० क्रिकेट लिग सुरु



अ+ अ-

मलेखु । धादिङमा अन्तरपालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारको सहयोगमा धादिङ जिल्ला क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।

सोमबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गर्नुभयो । सो–म्याचमा स्थानीयतह र क्रिकेट सङ्घका पदाधिकारी पनि सहभागी थिए ।

प्रतियोगितामा जिल्लाभरका आठ पालिकाबाट टिम सहभागी छन् । बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँँपालिका र खनियाबास गाउँँपालिकाले ‘ओपनिङ’ खेल खेलेका छन् ।

धादिङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट सङ्घका अध्यक्ष दिपेश कँडेलले बताउनुभयो ।




भर्खरै