१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमै फर्किइन्



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्कनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अवीर र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

नेतृ रावल संविधान सभाकी सदस्य हुनुहुन्छ । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताउनुभयो ।

उहाँले नेकपा एकीकृत समाजवादीको पनि भविष्य छैन भन्ने आफ्नो निष्कर्ष रहेको बताउनुभयो ।

देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘म काममा विश्वास गर्छु, लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिकतर्फको सांसद उम्मेदवारी समेत उतै छोडेर आएकी छु, जुम्लामा जन्मेर सानैदेखि अन्यायका विरूद्ध लड्नुपर्छ भन्ने मान्यतामा कम्युनिष्ट पार्टीमा लागेकी हुँ । पार्टी काममा नमूना बनेर देखाउने छु ।’

नेतृ रावलले नेकपा (एमाले) लाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्न चाहेको बताउनुभयो ।

उहाँँसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्कनुभएको छ ।