२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्षमा रोजर बिन्नी चयन



अ+ अ-

एजेन्सी । भारतका पूर्व अलराउन्डर रोजर बिन्नी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् ।

उनी बीसीसीआईका ३६ औं अध्यक्ष हुन् । रोजरले सौरभ गांगुलीबाट जिम्मेवारी लिनेछन् । गांगुलीले २०१९ देखि २०२२ सम्म यो पद सम्हालेका थिए ।

बीसीसीआईको वार्षिक साधारण सभा (एजीएम)ले यस्तो निर्णय गरेको हो । मंगलबार रोजर बिन्नीको नामको औपचारिक घोषणा हुनसक्ने बताइएको छ ।

रोजर भारतका पहिलो एंग्लो–इन्डियन क्रिकेटर हुन् । उनी १९८३ को विश्वकप जित्ने भारतीय टोलीका महत्वपूर्ण सदस्य थिए । विश्वकपमा उनको योगदान निकै महत्वपूर्ण थियो । कपिल देवको कप्तानीमा भारतीय टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकप ट्रफी जितेको थियो । यस प्रतियोगितामा रोजर बिन्नी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

यस बाहेक बिन्नीको नेतृत्वमा टीम इन्डियाले अर्को विश्वकप जितेको थियो । रोजर बिन्नी सन् २००० मा भारतीय अन्डर–१९ टोलीका प्रशिक्षक पनि थिए । उनको निगरानीमा टीम इन्डियाले अन्डर– १९ विश्वकप जितेको थियो ।

रोजर बिन्नीले सन् १९७९ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले पाकिस्तानविरुद्ध बैंगलोरमा पहिलो टेस्ट खेलेका थिए । यसपछि सन् १९८० मा बिन्नीले अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । रोजर बिन्नीको करियर १९७९ देखि १९८७ सम्म चलेको थियो । यस अवधिमा उनले भारतका लागि २७ टेस्ट र ७२ ओडीआई खेलेका थिए । बिन्नीले टेष्टमा ४७ र एकदिवसीयमा ७७ विकेट लिएका छन् । यसबाहेक बिन्नीले टेस्टमा ८३० रन र एकदिवसीयमा ६२९ रन बनाएका छन् ।