२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई



9th National Game Logo
अ+ अ-

कावासोती । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् ।

मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका हुन् ।

नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका खेलमा ५९ महिला खेलाडी सहभागी थिए । कावासोती–१६स्थित थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै सात प्रदेशका दश टोलीको सहभागिता थियो ।