२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा अरिँगालको टोकाईबाट आमाछोरीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

सल्यान । सल्यानमा अरिँगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ ।

सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा अरिँगालले टोकेर आमाछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका-१ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्ति बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार अरिँगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा लगिएको थियो । तर थप उपचारका लागि कोहलपुर लैजाने क्रममा आमाछोरीको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

अरिँगालकै टोकाइबाट घाइते भएका शोभाका अंकलको उपचार भइरहेको छ ।