२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा अरिँगालको टोकाईबाट आमाछोरीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

सल्यान । सल्यानमा अरिँगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ ।

सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा अरिँगालले टोकेर आमाछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका-१ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्ति बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार अरिँगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा लगिएको थियो । तर थप उपचारका लागि कोहलपुर लैजाने क्रममा आमाछोरीको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

अरिँगालकै टोकाइबाट घाइते भएका शोभाका अंकलको उपचार भइरहेको छ ।