• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर

कांग्रेसका विद्रोही उम्मेदवारले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय गर्ने पाउने



काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ ।

कांग्रेसले एक विज्ञप्तिमार्फत कात्तिक ४ गतेभित्र सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टीले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जानकारी गराएको हो ।

त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धतासहित सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गर्नुपर्नेछ ।

यसअघि कांग्रेसले निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका कांग्रेसका र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई यही असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो । साथै त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसको विधानबमोजिम निष्काशन गरिएको थियो ।