१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजशास्त्री तथा पहिचानवादी नेता ओम गुरुङको निधन



अ+ अ-

काठमाडौं । समाजशास्त्री तथा आदिवासी जनजाति आन्दोलनको अभियान्ता ओम गुरुङको निधन भएको छ ।

विगत केही वर्षदेखि मृगौलाको समस्यासँग जुधिरहेका गुरुङको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा ७० वर्षको उमेरमा निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा लामो समय मानव शास्त्र र समाजशास्त्रको अध्यापन गराएका गुरुङले केही पुस्तकहरु पनि लेखेका छन् ।

आदिवासी जनजाति महासंघको महासचीव भएर एक कार्यकाल पूरा गरेका गुरुङ नेपालमा चलेको आदिवासी जनजाति आन्दोलनको एक अभियान्ता समेत थिए ।