७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अपरेटर यादवलाई ५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । कर्मचारीहरूले सेवाग्राहीसँग खुलेआम घुस लिने गरेको गुनासोपछि अख्तियारका डीएसपी हेम केसी नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रशासन कार्यालयमा छापा मार्न गएको थियो ।

कम्प्युटर अपरेटर यादवले जग्गा रोक्काको फुकुवा गरिदिन एक सेवाग्राहीबाट घूस लिएको बताइएको छ । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि अख्तियारको कार्यालय हेटौँडा लगिएको छ ।