२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामाथि भारतको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । आइसिसी टि-२० विश्वकप खेल्नुअघि वार्मअप खेलमा भारतले घरेलु टोली अष्ट्रेलियामाथि ६ रनको रोमाञ्चक जित निकालेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा १ सय ८० रनमा अल आउट हुन पुग्यो ।

अन्तिम ओभरमा अष्ट्रेलियालाई जितका लागि ११ रन चाहिएको थियो तर मोहम्मद शामीले ३ विकेट लिएर भारतलाई जित दिलाए। उनले रनआउट पनि गरे । उनलाई एक ओभर गर्नका लागि डगआउटबाट बोलाइएको थियो ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । टिम इन्डियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक रन बनाए । उनले ३३ बलमा ५७ रनको पारी खेले । सोही क्रममा सूर्यकुमार यादवले ३३ बलमा ५१ रनको इनिङ खेले । अष्ट्रेलियाका लागि केन रिचर्डसनले ४ विकेट लिए ।

मोहम्मद शामी आजको खेल खेलिरहेका थिएनन् तर रोहित शर्माले उनलाई अन्तिम ओभरमा बलिङ गर्न बोलाए । अभ्यास खेलमा १५ सदस्यीय टोलीबाट खेलाडीलाई मैदानमा उतार्न सकिने प्रावधान छ ।