• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर

निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारको ध्यानाकर्षण



धरान । अन्तर–पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर–पुस्ता महिलावादी मञ्चका सह–संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिनुभयो ।

हालै एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्षण पत्र बुझाएको थियो । निर्वाचनअघि विभिन्न राजनीतिक दलहरुले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र निर्वाचनपछि विजयी भए पनि नारा जुलुस गर्ने पार्टी खाने तथा महिलामाथि हिंसा गर्ने परिपार्टी विद्यमान रहेकाले यस्ता गतिविधी राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताउनुभयो ।

निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउदै आयोगका प्रमुख दिनेश थपोलियाले आयोगको ध्यानाकर्षण भएको बताउनुभएको छ । यस विषयलाई सुरक्षा बैठकहरुमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिनुभयो ।