५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारको ध्यानाकर्षण



अ+ अ-

धरान । अन्तर–पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर–पुस्ता महिलावादी मञ्चका सह–संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिनुभयो ।

हालै एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्षण पत्र बुझाएको थियो । निर्वाचनअघि विभिन्न राजनीतिक दलहरुले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र निर्वाचनपछि विजयी भए पनि नारा जुलुस गर्ने पार्टी खाने तथा महिलामाथि हिंसा गर्ने परिपार्टी विद्यमान रहेकाले यस्ता गतिविधी राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताउनुभयो ।

निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउदै आयोगका प्रमुख दिनेश थपोलियाले आयोगको ध्यानाकर्षण भएको बताउनुभएको छ । यस विषयलाई सुरक्षा बैठकहरुमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिनुभयो ।