१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो(भिडीयोसहित)

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमवार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्र्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको पनि बताउनु भयो । उहाँले संगठित अपराध (कर्तव्यज्यान) लगायत संगठित अपराधमा उल्लेख्य कमी आएको बताउनु भयो ।

महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेको बताउनु भयो । उहाँले गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यसवर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानूनी कारबाही चलाएको बताउनु भयो ।

महानिरीक्षक सिंहले गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हिरोइन र ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७७९ जनालाई कानूनी दायरामा ल्याएको बताउनु भयो । उहाँले यो एक वर्षको अवधिमा हालसम्मकै सबैभन्दा ठूलो परिणममा बरामद भएको हिरोइन रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्षको राजश्व संकलनमा पनि ४३ प्रतिशतले वृद्धि भएको बताउनु भयो । उहाँले गत वर्ष नेपाल प्रहरीले ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत वर्ष आम नागरिकबाट १९१ रोपनीभन्दा बढी जग्गा प्राप्त गरेका छौँ । सबै प्रहरी इकाईले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन पाइरहेका छैनन्,अहिले पनि धेरै प्रहरी कार्यालय, ब्यारेक भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएकाले आम नागरिकले दिनुभएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि गृह मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको छु ।’

‘कुल ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएका नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो । हामी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएका छौँ । आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको छ । यद्यपी संगठित अपराधका घटनामा उल्लेख्य कमी आएको छ । आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको छ ।’

आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेका छौँ । विभिन्न अपराधमा संलग्न नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई कानूनी दायरामा ल्याइ अपराधीलाई संसारका कुनै स्थान सुरक्षित छैन भन्ने सन्देश दिन नेपाल प्रहरी सक्षम भएको छ । यस वर्ष पनि हालसम्म ७ जनालाई कतार र मकाओबाट कानूनी दायरामा ल्याएको छ ।’

महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताउनु भयो ।