१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी
अ अ+ अ-

पोखरा । प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यतिबेला खेलकुदको कुम्भमेला चलिरहेको छ । झण्डै चारदशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराको खेल मैदानमा भइरहेका छन् । ११ टोलीका छ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन् ।

यतिबेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ । खुलेको आकाश र सेतो हिमशृङ्खलाले यहाँ आउने जो कोहीलाई मोहित पार्छ नै त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै दङ्ग देखिन्छन् ।

आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेस प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिनुहुन्थ्यो । खेल मैदानबाट टलक्क टल्केको माछापुच्छ्रे«तिर आँखा लगाउँदै उहाँले भन्नुभयो, “यहाँको स्वच्छ र सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने, यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ”, क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेल मैदानबाट आफ्नो टोलीले स्वर्णपदक जितेको अनुभवलाई ताजा बनाउँदै भन्नुभयो, “खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर सहर पोखराको विशेषता हो ।”

उहाँले अहिले पनि पोखराको खेल मैदानमा माछापुच्छ्रे« साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताउनुभयो । “खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ ।”

नेपाल महिला क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्री पनि पोखराको सुन्दरताले खेलाडीलाई बेग्लै ऊर्जा थप्ने बताउनुभयो । “माछापुच्छ्रे« र अन्नपूर्णको हिमशृङ्खलाको काखमा रहेको पोखरा रङ्गशालाको खेल मैदानमा खेल्दा क्रिकेट खेलाडीलाई निकै उत्साहित बनाउँछ, पोखराको सुन्दरता अनुपम छ”, उहाँले देशविदेशका विभिन्न खेल मैदानमा पुगेर खेल प्रदर्शन गरेको अनुभव भए पनि पोखराको सुन्दरताले गजबको ऊर्जा थप्ने अनुभव सुनाउनुभयो ।

“हिमालकै देशको खेलाडी भए पनि खुलेको हिमशृङ्खला देख्दा कहिल्यै मन थाक्दैन, हेरिरहुँ लाग्ने । यहाँ आएपछि मन आनन्दित हुन्छ र घुम्न निस्कँदा पनि विदेश गएको झल्को आउँछ”, क्याप्टेन क्षेत्रीले भन्नुभयो, “माछापुच्छ्रे« अन्नपूर्णलगायत हिमशृङ्खलालाई हेर्दै आत्मविश्वास जगाएर खेल्ने अवसर अरु ठाउँमा विरलै पाइन्छ तर पोखरा यस्तो सहर हो जहाँ आँखा अगाडि हिमाल हेर्दै खेल्ने अवसर पाइन्छ ।” उहाँले तालतलैया, मिलेको बस्ती, हरियाली डाँडापाखा र सफा वातावरणले पनि खेलाडीलाई मोहित गर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले पोखरा सहरको सुन्दरता अवर्णित रहेको बताउनुभयो । “खेलाडीका लागि सबैभन्दा पहिला प्रफुल्ल मन र आत्मविश्वास आवश्यक पर्छ, पोखराको खेल मैदानमा उत्रेका सबै खेलाडीमा यो भाव देखिन्छ, पोखराको खेलमैदानले यो ऊर्जा खेलाडीमा जगाएको छ ।” उहाँले भन्नुभयो, पोखरालाई ‘स्पोर्टस्को सिटी’ भनेर पनि चिनिन्छ । “म पनि २०४० सालमा पोखराको मैदानमै खेलेको खेलाडी हुँ, यहाँका सुन्दर दृश्यले अन्तर्राष्ट्रिय खेलाडीलाई पनि उत्तिकै लोभ्याउँछ । स्वच्छ र सफा वातावरण सधँै खेलाडीको रोजाइ हुने गर्दछ जुन पोखरामा छ ।”

मुख्य प्रशिक्षक टमटाका अनुसार अहिले दुई वटा विभागीयसहित नौ वटा क्रिकेट टोली प्रतियोगितामा सहभागी छन् । खेलाडीका लागि राज्यले आर्थिक पाटो सवलीकरण हुने वातावरण सिर्जना गर्नसके यस क्षेत्रमा महिला र पुरुष दुवै खेलाडीको सङ्ख्या बढ्ने देखिन्छ ।

पोखरामा भइरहेको राष्ट्रिय खेलमा म्याग्दी जिल्लाबाट सहभागिता जनाउनुभएका तेक्वान्दो खेलाडी राजकुमार परियारले पनि पोखराको सुन्दर वातावरणमा आफ्नो खेल प्रदर्शन गर्न निकै आतुर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “होम ग्राउण्डमा खेल्दा यसै पनि आनन्द लाग्छ दर्शकको अपार माया र साथले बलियो प्रतिस्पर्धीलाई पनि जित्न सकिन्छ भन्ने लाग्दोरहेछ, साथसाथै आफ्नै प्रदेश भएकाले पनि हावापानी मिल्दा पनि फूर्तिलो बनाएको अनुभव भएको छ ।” खेलाडी परियारले खेलाडीका लागि पोखराको हावापानी र सुन्दरताले थप ऊर्जा थप्ने बताउनुभयो ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले सयौैँचोटी पोखरा आउँदा पनि आफू कहिल्यै नथाक्ने सहरमा अहिले खेलाडीका साथ रहन पाउँदा निकै खुसी लागेको छ भन्नुभयो । “अहिले दुईसय तीन पौडी खेलका विभिन्न इभेन्टका खेलाडी पोखरामा छन् , त्यति नै मात्रामा खोलाडीका आफन्त पनि सहभागी छन् । पोखराको सुन्दरताले खेलाडी निकै उत्साहित छन् ।” उहाँले बताउनुभयो, “खुलेको आकाश र टल्केको माछापुच्छ्रे«को आँगनमा आफ्नो खेलको क्षमता प्रदर्शन गर्दा खेलाडी निकै खुसी भएका छन्।”

नवौँ राष्ट्रिय खेलले पोखराको पर्यटनलाई थप प्रवद्र्धन गर्नेसमेत विश्वास व्यक्त गर्दै अध्यक्ष बज्राचार्यले भन्नुभयो, “खेलमा हारजित हुनु स्वाभाविक हो । यति खेलमा पराजित भएका खेलाडी पनि पोखराको सुन्दरता स्वच्छ सुन्दर हिमाल तथा ताल हेर्दा र घुम्दा ‘रिफ्रेस’ बन्न सघाउँछ ।” रासस