२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी मिलिसकेका छौँ, अब कुनै झगडा छैन– शेखर कोइराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताउनुभएको छ । मोरङको हरैँचामा आयोजित चुनावी कार्यक्रममा उहाँले भन्नुभयो, “म र देउवाजी एकै ठाउँमा उभिएका छौँ ।” उहाँले अब कार्यकर्तालाई विवाद नगर्न सुझाव दिनुभयो ।

“मैले सबै तुष त्यागिसकेँ, स्थानीय निर्वाचन र पार्टी महाधिवेशनमा के भयो, तपाईंहरु पनि अब त्यो तुष त्यागिदिनुहोस्, मैले त त्यागेँ भने तपाईंहरुले किन नत्याग्ने ?”

पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि आफू र देउवा पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयो, “जब म र शेरबहादुरजी नै मिलिसक्यौँ भने तपाईंहरु वडास्तरमा किन झगडा गर्नुहुन्छ रु, तपाईंहरु किन झगडा गरिरहनुभएको छ, मैले बुझ्न सकेको छैन ।”

आफू पक्षधर र पार्टी सभापति पक्षधरबीच तलैदेखि भएको प्रतिस्पर्धा र लडाइँ अब समाप्त भइसकेको उहाँको भनाइ थियो । “मैले पटक पटक शेरबहादुरजीसँग भेटिरहेको छु, हामी एकै ठाउँमा उभिएका छौँ, मेरो कुरा उहाँले सुनिरहनुभएको र मानिरहनुभएको छ”, उहाँले कार्यकर्ताहरुलाई भन्नुभयो, “तर तपाईंहरु तल किन झगडा गरिरहनुभएको छरु के का लागि लडिरहनुभएको छ ?”

निर्वाचनमा होमिएका बेला कार्यकर्ताहरु एकापसमा झगडा गर्नु राम्रो नहुने उहाँको भनाइ थियो ।