१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले म्यान्चेस्टर सिटीलाई पहिलो हार चखायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अनतर्गत लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन एकमात्र निर्णायक गोल मोहम्मद सलाहले गरे । उनले ७६ औं मिनेटमा गोल गरेका हुन् ।

योसँगै सिजनको पहिलो हार ब्यहोरेको म्यान्चेस्टर सिटी १० खेलबाट २३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । लिभरपुल ९ खेलबाट १३ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाइटेडलाई पराजित गरेको छ । बुकायो साकाले ३५ औं मिनेटमा गरेको गोल नै आर्सनलको जितमा निर्णायक गोल बन्यो ।