२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियल मड्रिडद्वारा बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल मड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ ।

आइतबार राति रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा बार्सिलोनाविरुद्ध ३–१ गोलको जित निकालेको हो । रियललाई जित दिलाउन करिम बेन्जेमा, फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरे भने बार्सिलोनाका फेरान टोरेसले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले टोनी क्रुस र भिनिसियस जुनियरको कम्बिनेसनमा मिलेको पासलाई सदुपयोग गर्दै गोल गरे ।

३५औं मिनेटमा फेडे भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।उनलाई फर्लान्ड मेन्डीले पास उपलब्ध गराएका थिए । यता, ८३औं मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । ६०औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका टोरेसले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका हुन् ।

यस्तै, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे । ८५औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका रोड्रिगोलाई एरिक गार्सियले फउल गरेपछि रेफ्रील भिएआरको सहायतामा रियलले पेनाल्टी पाएको थियो । जसलाई उनले खेर जान दिएनन् ।

जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँग स्पष्ट ३ अंकको अग्रता लिएको छ । अपराजित रहेको रियलले ९ खेलबाट २५ अंक जोडेको छ । अर्कोतर्फ पहिलो हार ब्यहोरेको बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।