२५ कार्तिक २०८२, मंगलवार
,
Latest
मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि… व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियल मड्रिडद्वारा बार्सिलोना पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल मड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ ।

आइतबार राति रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा बार्सिलोनाविरुद्ध ३–१ गोलको जित निकालेको हो । रियललाई जित दिलाउन करिम बेन्जेमा, फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरे भने बार्सिलोनाका फेरान टोरेसले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले टोनी क्रुस र भिनिसियस जुनियरको कम्बिनेसनमा मिलेको पासलाई सदुपयोग गर्दै गोल गरे ।

३५औं मिनेटमा फेडे भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।उनलाई फर्लान्ड मेन्डीले पास उपलब्ध गराएका थिए । यता, ८३औं मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए । ६०औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका टोरेसले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका हुन् ।

यस्तै, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे । ८५औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका रोड्रिगोलाई एरिक गार्सियले फउल गरेपछि रेफ्रील भिएआरको सहायतामा रियलले पेनाल्टी पाएको थियो । जसलाई उनले खेर जान दिएनन् ।

जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँग स्पष्ट ३ अंकको अग्रता लिएको छ । अपराजित रहेको रियलले ९ खेलबाट २५ अंक जोडेको छ । अर्कोतर्फ पहिलो हार ब्यहोरेको बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।