१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को चरणमा

अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को चरणमा
अ अ+ अ-

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलहरूबाट आठ पुरुष टिम र चार महिला टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका भलिबल खेल संयोजक दीपेश प्रधानका अनुसार शनिबार सम्पन्न महिलातर्फको लिग चरणको खेलमा समूह एबाट फ्रेन्डसिप ओहायो र सर्भाइभर्स ओहायो विजेता र उपविजेता बनी सेमी फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी समूह बी बाट वीवाईएससी मिनिसोटा र बाना मेरिल्याण्ड सेमीफाइनलमा पुगेका छन् । यी चार टीमबीच आइतबार अमेरिकी समयअनुसार बिहानदेखि खेल हुनेछन् ।

त्यसैगरी पुरुषतर्फका २१ टीममध्ये शनिबारको खेलबाट आठ वटा टीम क्वार्टरफाइनलमा पुगेका छन् । समूह ए बाट सुदूर पश्चिम नेपाली समाज टेक्सास र म्याग्दी समाज न्यूयोर्क, समूह बी बाट योङ ब्लड पेन्सिलभेनिया र बेलमण्ट मेरिल्याण्ड, समूह सीबाट रिजउड नेपाली समाज न्यूयोर्क र एएनकेए लेक्सिन्टन केन्टकी तथा समूह डी बाट इन्ट्रा यल्लो कोलम्बस र बीवाईएससी मिनिसोटाले आइबार क्वार्टरफाइनल खेल्दैछन् ।

खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहका बीच गर्नुभएको थियो । सो अवरमा स्टेट रिप्रेजेन्टेटिभ मार्कले नेपालीभाषी समुदायको ठूलो प्रतिस्पर्धात्मक खेल उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गर्दै खेलाडीहरूलाई बधाई तथा शुभकामना दिनुभयो ।

आयोजक संस्थाका अध्यक्ष अधिकारीले अमेरिकाका विभिन्न राज्यमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न भए पनि भलिबल खेलमा भविष्य बनाउने नेपालीभाषी युवा युवतीहरूलाई हौसला प्रदान गर्न आफूहरूले यो प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँले खेलमार्फत नेपालका विभिन्न क्याम्प हुँदै अमेरिका आइपुगेका नेपालीभाषी भूटानीहरू, नेपाल, भारत, थाइल्याण्ड, बर्मालगायत विभिन्न देशमा बसोबास गर्दै अमेरिका आएका नेपालीभाषीहरूबीच भ्रातृत्वपूर्ण सामुदायिक सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन ९कोना० का अध्यक्ष डा दामोदर पौडेलले अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीलाई यो खेलका माध्यमबाट पुनर्मिलन गराउन मद्दत पुगेको भन्दै आयोजकलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा सहभागी २१ पुरुष टीमका सबै खेलाडीलाई ढाका टोपी पहिर्याएर स्वागत गरिएको थियो भने महिला खेलाडीहरुलाई खादाले स्वागत गरिएको थियो । हल नै ढाका टोपी र नेपाली ढाकाको खादामय भएपछि नेपाली राष्ट्रगान गाइँदा हलको माहौल नै भावनात्मक बनेको थियो । उद्घाटन समारोहमा साना नानीहरुले मारुनी नृत्य र खेलाडी युवतीहरूले नेपाली राष्ट्रिय भावसम्बन्धी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।रासस