२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा डेङ्गुका बिरामी चार हजार भन्दा बढी



अ+ अ-

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् ।

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिमा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ ।

जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिगं होममा बिरामीको चाप अत्यधिक रहेको छ ।

डेङ्गुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौँका अस्पतालमा पठाउने गरिएको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेङ्गु हँुदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।