१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

यसरी हुँदैछ जोशीको अन्तिम बिदाई(भिडीयोसहित)

यसरी हुँदैछ जोशीको अन्तिम बिदाई(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ ।

आईतवार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको हो ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उहाँलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो ।

जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भएपनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । श्रद्धाञ्जली दिनका लागि ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको शवलाई अस्पतालको शैय्यामा नै राखिने र १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम हुने तालिका रहेको लतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनु भयो ।

 

उहाँले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लाग राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ । त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उहाँको शवलाई अस्पतालमा राख्छौँ । १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम सक्नुहुनेछ । १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लाग राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा १२ः३० ललितपुर महानगरपालिकामा राखिनेछ । ४ बजेदेखि ४ः३० सम्म पुनः किस्ट अस्पतालमा लगिनेछ र हस्तान्तरण गरिनेछ ।’

उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु जाने कार्यक्रम छ ।