२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथ्लेटिक्समा सात स्वर्ण पदकको छिनोफानो



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।

त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)का अजित यादव र नागेश्वर अहिर क्रमशः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए ।

सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन ।

रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् ।

त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए ।

यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७० सेकेन्ड समय लगाए ।

सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

निशाले हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् । त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।