४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या
अ+ अ-

काठमाडौँ । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो ।

डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताउनु भयो । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी शतर्क रहन पनि सुझाव दिनुभयो । डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डेंगुमा ज्वरो शुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरुको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ । घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ । धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर । घाँटी दुख्नसक्छ, आँखाको नानी दुख्नसक्छ डेंगुमा पनि । टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरु हामीले बढी देख्नसक्छौँ । अहिले ९० प्रतिशत केस डेंगुका आउनुभएको छ ।

कोही ज्वरो आउनेबित्तिकै आत्तिएर आउने बिरामीहरु हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरु हुनुहुन्छ । डेंगु सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ । उहाँहरु दोधारमा हुनुहुन्छ । घरको सदस्यलाई टोकेको २ महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरु सदस्यलाई पनि हुने सम्भावना छ । सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ । शतर्क हुन जरुरी छ । डेंगुका बिरामीहरुलाई झुलमा राख्ने उचित छैन । लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो । बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिया हुने हो । त्यो बेलामा हामीले लापरवाही गरिरहेको छौँ जस्तो लाग्छ । फुल बाउला भएको लुगा लगाउने । राति झुलमा सुतेर डेंगु लाग्दैन भन्ने सोच त्याग्नुपर्छ । ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस् ।’

डा. गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरुको चाप बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरु पाइरहेका छौँ । डेंगुका बिरामीको चाप धेरै छ । त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरु, कोभिडका पनि केही बिरामीहरु पनि हामीले भेटिरहेका छौँ ।’

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताउनु भयो । उहाँले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताउनु भयो । भाइरल ज्वरोका बिरामीहरु पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै धेरै घाँटी दुख्ने, शुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले बेसिकल्ली छुट्याउनुपर्ने कमन कोल्ड र फ्लू हो फस्र्टमा । सामान्य रुघाखोकी, सामान्य रुघाखोकीलाई फ्लूबाट छुट्याउनु पर्छ । फ्लूलाई डेंगुबाट छुट्याउनु प¥यो । डेंगुलाई कोभिडबाट छुट्याउने सामान्य एउटा लक्षणको आधारमा शतप्रतिशत यत्तिकै आधारमा छुट्याउन सकिन्छ भनेर सकिँदैन तर लक्षण यति छ भने यो डेंगु हो, यस्तो लक्षण छ भने यो कोभिड हुनसक्छ भनेर छुट्याउनलाई फस्र्ट हामीले के विचार गर्नुपर्छ भने कमन कोल्ड जुन राइनो भाइरसले नै गर्दा हुने हो सामान्य रुघाखोकी । त्यो एउटा परिवारको एउटा सदस्यलाई भएपछि सबैलाई सर्ने, सामान्य हाच्छिउँ आउने, घाँटी दुख्ने हुन्छ ।

यसमा ज्वरो आउँदैन, पखाला हुँदैन । हामीले छुट्याउनसक्ने लक्षण एउटा यो हो । जुन सिजनल फ्लू वा इन्फ्लूएन्जा वर्षेनी जुन आउँछ । नेपालमा वर्षमा २ पटक यो फ्लू सिजन हुन्छ । बर्खा र गर्मी लाग्ने बेलामा । तर अहिले चाँडोचाँडो मौसम परिवर्तन भइरहेको भएर फ्लूजस्ता बिरामीहरु प्रायः हामीले देखिरहेका हुन्छौँ । फ्लूका बिरामीहरुलाई प्रायः ज्वरो हुन्छ । जाडो भएजस्तो हुने, पखाला लाग्ने हुन्छ । घाँटी दुख्ने, रुघा लाग्ने भयो भने त्यो फ्लू हुनसक्छ । कोभिडमा बास्ना र स्वाद जाने प्रायः लक्षण हुन्छ । अरु लक्षण त प्रायः फ्लूका सबै नै हुन्छन् ।’

चिकित्सक डा. गौतमले फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताउनु भयो ।