२० मंसिर २०८१, बिहीबार
,
Latest
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज काठमाडौं फर्किंदै प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जानुहुने बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका किसानलाई धान काट्न चटारो



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पुर्याएकामा उहाँ निकै चिन्तित हुनुहुन्छ ।

“लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उहाँले भन्नुभयो, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”

धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उहाँले बताउनुभयो । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताउनुभयो ।

“धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ”, उहाँले भन्नुभयो ।

“किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्”, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भन्नुभयो, “ काम गर्नेलाई मात्रै मत हाल्छौँ ।”

प्रतिनिधिसभा र प्रदेशसभामा पुगेर दरोरुपमा किसानका मुद्दा उठान गरी नीति बनाउन हैशियत राख्ने उम्मेदवारले मत पाउने उहाँको भनाइ छ । “विगतका चुनावमा किसानका मुद्दालाई निकै उठाइयो, राजनीतिक दलले चुनावी प्रतिबद्धतापत्रमा पनि ती कुरा उल्लेख गरे, काम गरेनन्”, करन धामीले भन्नुभयो, “यसपटक पार्टीलाई हेर्दैनौँ, काम गर्ने उम्मेदवारलाई हेर्छांै ।”

“कृषिउपज बजारसम्म पु¥याउनका लागि गतिलो सडक नै छैन, विगतका चुनावमा मत माग्न आउने उम्मेदवारलाई समक्ष यस कुरालाई निकै जोडतोडका साथ उठाएका हौँ”, बेलौरीका किसान अशोक चौधरीले भन्नुभयो, “स्तरोन्नतिसमेत हुन सकेको छैन, सडक कालोपत्र गर्ने, उत्पादित कृषिजन्य वस्तुको बजार प्रवद्र्धनका लागि व्यवस्था गर्ने, कोल्डस्टोर स्थापना गर्नेलाई मत हाल्छौँ ।” उत्पादित कृषिजन्य वस्तुको बजार नपाउँदा निकै सस्तोमा बेच्नुपर्ने भएकाले सहजरुपमा किसानले मूल्य पाउनेगरी बजारको व्यवस्थाको माग गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकासनसँगै चुनाव चिन्ह पाएपछि उम्मेदवार चुनावी प्रचारमा जुटेका छन् । उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि रणनीति तयार गर्ने, पार्टी कार्यकर्तासँग छलफल गर्ने कार्य पूरा गरेका छन् । प्रचारप्रसारका लागि मतदाताको घरदैलोमा पुग्नेक्रम सुरु भएको छ । जिल्लाका किसानले उम्मेदवारको प्रतिबद्धतापत्र मात्रै नहेरेर कार्य गर्ने हैशियत राख्ने उम्मेदवारलाई मत हाल्ने मनसाय जाहेर गरेका छन् ।