२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा रौतहट जिल्ला कमिटी विघटन, साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन भएको छ । शुक्रबार एमाले मधेस प्रदेश कमिटीले एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो ।

शुक्रबार प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जनाएका छन् ।

अध्यक्ष प्रभु साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको प्रदेश कमिटीले जनाएको छ । यस्तै, स्थायी समिति सदस्य साहलाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निष्कासन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । यस्तै, रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका सह(इन्चार्ज उद्वव रेग्मीलाई दिइएको छ।

साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । साहलाई सत्ता गठबन्धनले निर्वाचनमा सघाउने आश्वासन दिइसकेका छन् ।