• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती ★   देवघाटमा एक सय ४२ आयोजना सम्पन्न ★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

फ्राइडे रिलिजः हलमा पाँच नयाँ फिल्म लाग्दै



काठमाडौँ । आज शुक्रबारदेखि नेपाली तथा विदेशी पाँचवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘हिजो आजका कुरा’, जापानी एनिमेसन फिल्म ‘वान पिसः रेड’, हिन्दी फिल्म ‘डक्टर जि’, तेलुगु फिल्म ‘गडफादर’ र कन्नड फिल्म ‘कांतारा’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

फिल्म ‘हिजो आजका कुरा’लाई साकार पन्तले निर्देशन गरेका छन् । कमेडी ड्रामा जनरामा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन एडभेन्चर जनरामा बनेको जापानी एनिमेसन फिल्म वान पिसः रेडले सबैभन्दा बढी शो पाएको छ ।

यस्तै, दुई हप्ताअघि कन्नड भाषामा प्रदर्शन भएको ‘कांतारा’लाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि र फिल्मले सानदार कमाई गरेपछि हिन्दीसहित तमिल र तेलुगु भाषामा डब भएर शुक्रबारदेखि फिल्म प्रदर्शनमा आएको हो । फिल्ममा ऋषभ शेट्टीको लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको छ ।

अनुभुती कश्यपको निर्देशन तथा आयुष्मान खुराना र रकुल प्रित सिंह स्टारर कमेडी ड्रामा ‘डक्टर जि’ पनि आजबाटै प्रदर्शनमा आएको छ । यस्तै, मोहन राजाको निर्देशनमा बनेको एक्सन क्राइम ड्रामा ‘गड फादर’ पनि प्रदर्शनमा आएको छ । फिल्ममा चिरनञ्जिवी, नयनतारा र सलमान खानलगायतको अभिनय रहेको छ ।