२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जन्मभूमिमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको हुँ’- रेखा थापा(भिडीयोसहित)



अ+ अ-

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताउनु भएको छ ।

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उहाँले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भएपनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताउनु भएको हो ।

अभिनेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभईकन पनि तपाईहरुसँग नभेटीकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थे ।’

‘मलाई तपाईहरुसँग भेट्नु थियो । तपाईहरुसँग मलाई कुरा गर्नु थियो । मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन । मैले यहाँको रक्षा गर्नुपर्छ । र, गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाडौं) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईहरुको भेट यसरी हुने थिएन । यहाँको समस्या मैले थाहा पाउने थिइन ।’

अभिनेतृ थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफंै समाप्त हुने दावी समेत गर्नु भयो । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उहाँको भनाई थियो । कार्यक्रममा उपस्थित भएका स्थानीय केही युवाहरुले भने स्थानीय समस्या समाधानका लागि अभिनेतृ थापालाई मत दिने बताएका थिए ।