२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई दसैँ अफर: पाँचौँ र छठौँ हप्ताको नतिजा घोषणा



अ+ अ-

काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दैसंचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमश:सान्त्वना धोधरी र जीतमान गोम्बो तमाब्ग पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ ।

त्यस्तै पदम कुमारी विक र किशोर तमाब्ग छैठौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । वहाँहरूले क्रमशः ओमान र मलेशियाबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । चारै जना साप्ताहिक विजेताले जनही रू. २५,००० (पचिच्स हजार) प्राप्त गर्नुहुनेछ ।

त्यस्तै सेवाग्राहीहरू अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुब र रबी बडुवाल पाँचौं हप्ताको लागि दैनिक विजेता छनोट हुनुभएको हो । वहाँहरू क्रमशः ओमान, कुवेत, मलेशिया, युएई, जापान र इन्डियाबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो ।

त्यसैगरी मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको हो । वहाँहरूले क्रमशः कुवेत, मलेसिया, बहराइन, संयूक्त राज्य अमेरिकाबाट नेपालमा रहनुभएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाउनुभएको थियो । वहाँहरू प्रत्येकले एक/एक सेट सामसुब्मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुब्मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ ।