९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

बाढीबाट दाङका दशवटै पालिकामा क्षति

बाढीबाट दाङका दशवटै पालिकामा क्षति
अ अ+ अ-

घोराही । अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ ।

लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ । दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति भएको छ । राजपुरमा तीन सय २५, बङ्गलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।

यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा सात, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दङ्गीशरण गाउँपालिकामा ३० घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका परिवार विस्थापित भएका छन् ।

देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

घरमा आंशिकरुपमा क्षति हुनेमा सबैभन्दा बढी लमही नगरपालिकामा रहेको छ । केन्द्रका प्रमुख गिरीका अनुसार, लमही नगरपालिकामा एक हजार एक सय ९६, गढवा गाउँपालिकामा आठ सय ५२, राप्ती गाउँपालिकामा चार सय ९०, बङ्गलाचुली गाउँपालिकामा दुई सय, राजपुर गाउँपालिकामा एक सय २५ घरमा आंशिक क्षति भएको विवरण गाउँपालिकाबाट प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिकामा एक सय २०, बबई गाउँपालिकामा ८०, शान्तिनगर गाउँपालिकामा ५६, दङ्गीशरण गाउँपालिकामा ४० र तुलसीपुर उपमहानगरपालिकामा १९ घरमा आंशिक क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैगरी अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी दाङमा नौ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असोज १८ गते रातिदेखि भएको वर्षापछिको बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा धेरै बङ्गलाचुलीका चार, घोराही उपमहानगरपालिकाका तीन तथा राप्ती र बबई गाउँपालिकाका एक–एक जना रहेका प्रहरी उपरीक्षक वलीले बताउनुभयो ।

मानवीय क्षति व्यहोरेका परिवारका सदस्यलाई नेपाल सरकारको निर्णयअनुसार प्रतिव्यक्ति रु दुई लाख राहत उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताउनुभयो । पूर्णरुपमा घर भत्किएकाको हकमा रु १५ हजारदेखि रु २० हजार राहत दिइने व्यवस्था छ ।