२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने मुख्यमन्त्री राउतको तयारी



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि प्रदेशको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव रहेका छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले राजीनामा दिन अनुरोध गरेका छन् ।

आजै राजीनामा नदिए उनीहरुलाई पदमुक्त गर्ने मुख्यमन्त्री राउतको तयारी रहेको बताईएको छ । मुख्यमन्त्री राउतले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुलाई भने राजीनामा दिन भनेका छैनन् ।