२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको जवाफी फायर: कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गरेपछि जसपाले पनि मधेस प्रदेशमामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउने तयारी गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तीन पार्टीका मन्त्रीहरु लाई पदमुक्त गर्ने तयारी गर्नुभएको छ ।

सत्ता गठबन्धन छाडेर एमालेसंग सहकार्य गरेपछि प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।

पदमुक्त हुनेहरुमा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव हुनुहुन्छ ।

हाल मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरू छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह र रुवि कर्ण छन् ।