२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका ८ जनालाई काठमाडौं प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताउनु भयो ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा रहेको बताउनु भयो । उहाँले मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको बताउनु भयो ।

उहाँले पक्राउ पर्नेहरु दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे–८ घर भइ हाल गोकर्णेश्वर बस्ने वर्ष २७ को दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेल बहादर खत्री रहेको बताउनु भयो । उहाँले दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ का दीपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पक्राउ गरेको बताउनु भयो ।

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । उहाँले पक्राउ पर्नेहरुको साथबाट खुकुरी थान–३, प्र३००२–०१० प ३७६५ नं को एनएस मोटरसाइकल, प्र३०२–०११ प ४६४७ नं को २२० सीसीको पल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका ईंट्टा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको बताउनु भयो ।

बोहराले पक्राउ पर्नेहरूमाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको पनि बताउनु भयो । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ ।