५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका ८ जनालाई काठमाडौं प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताउनु भयो ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा रहेको बताउनु भयो । उहाँले मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको बताउनु भयो ।

उहाँले पक्राउ पर्नेहरु दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे–८ घर भइ हाल गोकर्णेश्वर बस्ने वर्ष २७ को दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेल बहादर खत्री रहेको बताउनु भयो । उहाँले दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ का दीपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पक्राउ गरेको बताउनु भयो ।

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । उहाँले पक्राउ पर्नेहरुको साथबाट खुकुरी थान–३, प्र३००२–०१० प ३७६५ नं को एनएस मोटरसाइकल, प्र३०२–०११ प ४६४७ नं को २२० सीसीको पल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका ईंट्टा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको बताउनु भयो ।

बोहराले पक्राउ पर्नेहरूमाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको पनि बताउनु भयो । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको छ ।