१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपासँग चुनावी तालमेल गरेकोप्रति भीम रावलको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गरेकोप्रति एमाले नेता भीम रावलले असन्तुष्टि प्रकट गर्नुभएको छ ।

पार्टीले प्रतिनिधिसभाको टिकटबाट वन्चित गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले अध्यक्ष ओलीले पार्टीको विधि र सिद्धान्तविपरित जसपासँग चुनावी तालमेल गरेको बताउनुभयो ।

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्।

“तपाईं (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ? त्यो पार्टी सिद्धान्त विपरीत भएन ?”, नेता रावलले प्रश्न गर्नुभयो ।

उहाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने तथा धन र सत्ताका कुकर्म गरेकालाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ भनी प्रश्न गर्नुभयो ।

नेता रावलले निरंकुश पञ्चायती व्यवस्थामा एमालेका नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई उम्मेदवार बनाएको प्रति आक्रोश पोख्नुभयो । साथै उहाँले युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएका एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आपत्ति प्रकट गर्नुभयो ।

नेता रावलको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्णपाठ यस्तो छ :

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/bhim-rawal-1.pdf” title=”bhim rawal (1)”]