२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपासँग चुनावी तालमेल गरेकोप्रति भीम रावलको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गरेकोप्रति एमाले नेता भीम रावलले असन्तुष्टि प्रकट गर्नुभएको छ ।

पार्टीले प्रतिनिधिसभाको टिकटबाट वन्चित गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले अध्यक्ष ओलीले पार्टीको विधि र सिद्धान्तविपरित जसपासँग चुनावी तालमेल गरेको बताउनुभयो ।

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्।

“तपाईं (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ? त्यो पार्टी सिद्धान्त विपरीत भएन ?”, नेता रावलले प्रश्न गर्नुभयो ।

उहाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने तथा धन र सत्ताका कुकर्म गरेकालाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ भनी प्रश्न गर्नुभयो ।

नेता रावलले निरंकुश पञ्चायती व्यवस्थामा एमालेका नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई उम्मेदवार बनाएको प्रति आक्रोश पोख्नुभयो । साथै उहाँले युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएका एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आपत्ति प्रकट गर्नुभयो ।

नेता रावलको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्णपाठ यस्तो छ :

bhim rawal (1)