१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले जसपाका मन्त्रीसँग राजीनामा माग्ने



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार मन्त्रीको राजीनामा माग्ने तयारी गर्नुभएको छ ।

आसन्न संसदीय निर्वाचनमा सिट बाँडफाँटबाट असन्तुष्ट जसपाले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको राजीनामा माग्ने तयारी गर्नुभएको हो ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि मन्त्रीहरुले राजीनामा दिँदा सहज हुने भन्दै राजीनामा नदिए उनीहरुलाई प्रधानमन्त्री देउवाले जिम्मेबारी हटाउन लाग्नुभएको सरकारमा सहभागी कांग्रेसका एक मन्त्रीले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले उहाँहरको राजीनामा माग्ने हुनुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच जसपाका मन्त्री हटाउने विषयमा सहमति भइसकेको बताइएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव सरकारमा सहभागी हुनुहुन्छ ।

यद्यपि जसपाका मन्त्री श्रेष्ठले एमालेसँग गठबन्धन नगरेको बताउनुभएको छ । उहाँले एमालेसँग केही सिटमा मात्र चुनावी तालमेल गरेकाले जसपालाई सत्ता गठबन्धनबाट बाहिरिएको भन्न नमिल्ने जिकिर गर्नुभएको छ ।

विसं २०७४ को निर्वाचनको बेलामा पनि सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) विपक्षी दल एमालेसँग गठबन्धन गरेर चुनावमा गएपछि तत्कालीन प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुको जिम्मेबारी खोसेर विनाविभागीय बनाउनुभएको थियो ।

अहिले निर्वाचन आचारसंहिता लागु भइसकेकाले प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना नरहेको बताइएको छ ।