१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो

फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो
अ अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ ।

महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फेवाताल पोखराको गहना हो । यसको सुन्दरतालाई जोगाउनु महानगरसहित सबैको दायित्व हो, आजको उपस्थितिले पुष्टि गरेको छ ।” उहाँले सबैको सक्रिय सहभागिताले दुई सय ट्रकभन्दा बढी फोहर सङ्कलन गर्न सफल भएको बताउनुभयो । उहाँका अनुसार तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार अभियानका क्रममा निकालिएको छ ।

दीर्घकालीन जलकुम्भी व्यवस्थापनका लागि अब अभियानलाई निरन्तरता दिने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले पर्यटकीय नगरी पोखरामा आउने पर्यटकको पहिलो गन्तव्यका रूपमा रहेको फेवातालको सुन्दरता जोगाउन पर्यटन व्यवसायी तथा होटेल व्यवसायीको साथ पनि आवश्यक रहेको जनाउँदै तालको छेउमा ठूलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ताल संरक्षण तथा सरसफाइमा चासो दिन आग्रह गर्नुभयो ।

फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटकपटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको जनाउँदै अबका दिनमा त्यसलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याइने पनि उहाँले जानकारी दिनुभयो ।

सरसफाइका लागि फेवाड्याम, ड्यामसाइड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट , नेपाल ट्रष्ट, पाहारी घाट, माछासेक्सन, फेवा घाट, स्वीमिङपुल हल्लनचोक, क्याम्पिङ चोक, खहरे घाट, बङ्गलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाटदुना टपरी, क्यारोनो भाखपौदी र इन्दअफ दि लेकका ३३ वडा पोइन्टहरू निर्धारण गरिएको महानगर प्रवक्ता एवं वडा नं २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाले जानकारी दिनुभयो ।