• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

बाढी प्रभावितको उद्धारमा नेपाली सेना (फोटोफिचर)



काठमाडौँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी/पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्दार गरिरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ ।

बाँकेको डुडुवा गाउँपालिका, वडा नं. १, खडैचा कृषि चौफेरी गाउँमा राप्ति खोला र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयको उक्त गाउँपालिकासँग समन्वय गरी उद्धारका साथै खाना र पानीसमेत उपलब्ध गराएको सेनाले जनाएको छ ।

कैलालीको विभिन्न डुबान प्रभावित इलाकामा स्थानीय र उनका सामग्री स्थानान्तरण गर्नुका साथै सेनाले बाढीको कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरुलाई सकुशल उद्धार गरेको छ । जुम्ला र कालिकोटामा सेनाले हेलिकप्टरमार्फत चार जनाको उद्दार गरि सुर्खेतसम्म पुर्याएको छ ।

सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासको क्षेत्र डुबानमा परि घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । डुडुवा गाउँपालिका वडा नं १ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिइएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–८ थपुवामा बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा रहेको करिब ५० मिटर बाध निर्माण गरिएको छ ।