२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह(भिडीयोसहित)



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

गैर आवाशीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताउनुभएको छ ।

“नेपालमा लगानीको वातावरण छ । पूराना र जटिल कानूनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानूनहरु परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईले अन्य देशमा पाउने भन्दा राम्रो छ,” उहाँले भन्नुभयो ।

गैर आवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न सुरुगरेको बताउँदै यसलाई थप प्रभावकारीरुपमा अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैर आवासीय नेपालीहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै उहाँले गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

“तपाईहरुले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।

उक्त अवसरमा उहाँले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरुभएको जानकारी गराउनुभयो ।

उहाँले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली संघलाई आग्रहसमेत गर्नुभयो ।