१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई रावलको प्रश्नः संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?



file
अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र संदिग्ध व्यक्तिहरूलाई संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले ओलीमाथि प्रश्न उठाएका हुन् ।

अध्यक्ष ओलीले एक टेलिभिजन अन्तर्वार्तामा प्रभु साहलाई संदिग्ध गतिविधि गर्दै आएको जानकारी रहँदा पनि आफूले टिकट दिएको तर धोका भएको अभिव्यक्ति दिएका थिए ।

ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै रावलले सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गरेका छन्, ‘प्रभु साहको विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ बाट एकल सिफारिस भए पनि रावललाई ओलीले टिकट दिएका थिएनन् । आफूले टिकट नपाएपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टी नेतृत्वलाई प्रश्न गर्दै आएका छन् ।