• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

ओलीलाई रावलको प्रश्नः संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?



file

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र संदिग्ध व्यक्तिहरूलाई संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले ओलीमाथि प्रश्न उठाएका हुन् ।

अध्यक्ष ओलीले एक टेलिभिजन अन्तर्वार्तामा प्रभु साहलाई संदिग्ध गतिविधि गर्दै आएको जानकारी रहँदा पनि आफूले टिकट दिएको तर धोका भएको अभिव्यक्ति दिएका थिए ।

ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै रावलले सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गरेका छन्, ‘प्रभु साहको विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’

प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ बाट एकल सिफारिस भए पनि रावललाई ओलीले टिकट दिएका थिएनन् । आफूले टिकट नपाएपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टी नेतृत्वलाई प्रश्न गर्दै आएका छन् ।