२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको ओलीलाई प्रश्न, संदिग्ध र रंगीबिरंगी सर्प किन हुर्काइँदैछ, स्पष्ट पार्ने कि ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पार्टीभित्र संदिग्ध र रंगीबिरंगी सर्प हुर्काउनु पर्ने कारण स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।

प्रभु साहले पार्टीबाट विद्रोह गरी आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि साहलाई अध्यक्ष ओलीले ‘संदिग्ध चरित्र र हरियो सर्प’ भनेपछि नेता रावलले एक ट्विट गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले संदिग्ध र हरिाये सर्पलाई माथि चढाउन जिम्मेबार को छ र आज अनेकौँ संगिध् र रंगीबिरंगी सर्प किन हुर्काइँदैछ भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिन नेता रावललाई पार्टी अध्यक्ष ओलीले वन्चित गर्नुभएको छ ।